डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध तोड्न खोजेको यो दोस्रो पटक हो । आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले महामारीको सुरुआती चरणमा सङ्गठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै फिर्ता हुने आशयको सूचना जारी गरेको थियो ।
त्यो कदम पछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनअन्तर्गत उल्ट्याइएको थियो । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गर्नुभएको थियो ।
आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उहाँले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “विश्व स्वास्थ्यले हामीलाई ठगेको छ ।”
जेनेभा–स्थित सङ्गठनको सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिकाले डब्लुएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दछ ।
यसको फिर्तीले संस्थाको महत्त्वपूर्ण पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ र यसले विश्वव्यापी स्वास्थ्य पहलहरूलाई थप अवरुद्ध गर्न सक्छ ।
प्रतिक्रिया राख्नुहोस्