राजनीति

सत्तारूढ गठबन्धनले संविधानविद् र कानूनविद्सँग छलफल गर्ने

सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थाका विषयमा संविधानविद् र कानूनविद्सँग छलफल गर्नेभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था बाझिएकाले संविधानविद् र कानूनविदसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

“स्थानीय तह निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको रहेछ”, उहाँले भन्नुभयो, “बाझिएको व्यवस्थाबारे छलफल गर्नका लागि संविधानविद् र कानूनविदसँग परामर्श गर्दछौँ ।”

उहाँले एक÷दुई दिनभित्र संविधानविद् र कानुनविद्सँगको परामर्शमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा बाझिएको व्यवस्थालाई समाधान गर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.