हिउँदे अधिवेशनमा एनआरएनका माग सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरुको मागहरु संसदको आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसंग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताउनु भएको हो ।
भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गर्नुभएको थियो ।
संघका अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो ।
अध्यक्ष डा केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताउनुभएको थियो ।
भेटमा डा.केसीले बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबहाकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउनुभयो ।
अध्यक्ष डा केसीले भन्नुभयो, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यूरु के हामी नेपाली होइनौँरु संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन ।ʼ
जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानून निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाई भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब संसद बैठक आह्वान हुँदा तपाईहरुको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभएपनि क्रमशः तपाईहरुले भोग्नुपरेको कठिनाई सम्बोधन हुन्छ ।ʼ
सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपालीहरुलाई १० वर्षे भिषा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा। बद्री केसीले राजनीतिक नेतृत्वसंगको भेटलाई तिब्र पार्नुभएको छ ।
यसअघि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर संघका मागबारे ध्यानार्कषण गराउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्