जन सरोकार

५३ तोला चाँदीसहित दुई जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

५३ तोला चाँदी

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने ३५ वर्षीय गुजराज बिक र इटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.