क्रिकेटखेल

यु–१९ एकदिवसीय विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै 

दक्षिण अफ्रिका जारी आईसिसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट राष्ट्र पाकिस्तानसंग खेल्दैछ  ।

यु–१९ एकदिवसीय विश्वकप

दक्षिण अफ्रिकाको बफालो फार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । साविक दुई पटकको विजेता पाकिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा रहेको छ भने पाकिस्तान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने सुरमा रहेको छ ।

पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । यसअघि नेपाल र पाकिस्तानबीच दुई पटक प्रतिस्पर्धा भएको थियो जसमा एक पटक नेपाल र एक पटक पाकिस्तान विजयी भएको थियो ।

सन् २००२ मा भएको भेटमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा पाकिस्तानले नेपाललाई १२२ रनले पराजित गरेको थियो  । समूह ‘डी’ मा लगातार दुई खेलबाट चार अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने एक खेलमा २ अंक जोडेको पाकिस्तान दोस्रो र एक खेलमै अंकविहिन नेपाल तेस्रो स्थानमा रहँदा लगातार दुई हार व्यहोरेको अफगानिस्तान तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.