जन सरोकार
आगो ताप्ने क्रममा जलेर मृत्यु
महोत्तरी, औरही नगरपालिका-२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घर अगाडी बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्