राजनीति
सुप्रिम सहकारी अपचलन : रवि लामिछानेको मुद्दाको थुनछेक बहस शुक्रबार पनि सकिएन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस शुक्रबार पनि सकिएन ।
बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस शुक्रबार पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।
बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । शुक्रबार भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानुन व्यवसायीले बहस गर्नुभएको ज्ञवालीले बताउनुभयो । ज्ञवालीले आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्