जन सरोकार
सिताको कोठाबाट नगद र गरगहना चोरी
काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङ्खु पैयुटार बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्