धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री डा महत
अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा बिहीबारदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उहाँले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
“मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । पछिल्लो समय युवा धर्म संस्कृतिबाट टाढा हुँदै गएको भन्दै यसलाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरभित्रका धार्मिक तथा सांस्कृतिक मठमन्दिरका साथै पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि महायज्ञ आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार आजदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञको वाचक गुरु नारायण चतुव्र्यूह हुनुहुन्छ । प्रत्येक दिन बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म कथावाचन, ४ः३० बजे प्रसाद ग्रहण र बेलुका ७ देखि ११ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्