राजनीति

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतमा एकसाता चलेको बहसपछि लामिछाने धरौटीमा रिहा हुनुभएको हो ।

दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.