जन सरोकार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दक्षिणकाली नगरपालिका- ७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने ४५ वर्षीय सुदर्शन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्