राजनीति

“खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन्”

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफू सामान्य अस्वस्थ रहेको भए पनि आईसीयुमा बसेको फोटो राखेर भ्रम फैलाउनेहरुको अभीष्ट पूरा नहुने बताउनुभएको छ ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधनन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.