जन सरोकार

करिब ५ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.