उच्च अदालत कास्कीद्वारा रविको कैफियत प्रतिवेदन पेश गर्न आदेश
उच्च अदालत पोखराले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन पेस गर्न आदेश गरेको छ ।
सभापति लामिछानेले साधारणा तारेखमा पूर्पक्षका लागि दिएको निवेदनमा न्यायाधीश मीलनकुमार राईको एकल इजलासले जिल्ला अदालत कास्कीबाट मङ्गलबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
लामिछानेले सोमबार हिजो जिल्ला अदालत कास्कीले २५ पुसमा सूर्यदर्शन प्रकरणमा गरेको धरौटी माग्ने आदेश बेरितको भएको उल्लेख गर्दै साधारण तारेखमा पुर्पक्ष गर्न पाऊँ भनी निवेदन दर्ता गराउनुभएको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलास लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेश दिइएको थियोा ।
उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा कैफियत प्रतिवेदन माग्दे आदेश भएको उल्लेख गर्नुभयो ।
यसअघि उच्च सरकारी वकिलको कार्यालयले सूर्यदर्शनका प्रतिवादीहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको छ ।
उच्च सरकारी वकिल कार्यालयको निवदेनपछि माघ ८ गते उच्चले सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्