पोखरामा आत्मदाहको प्रयास, बचाउन जाने महिलासहित दुईजना घाइते
बचाउन जाने महिलाको अवस्था गम्भीर
काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटना सेलाउन नपाउँदै आइतार पोखरामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आइतबार शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला घाइते हुनुभएको छ ।
आगो लगाउने काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री हुन् भने उनलाई बचाउन जाने उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।
आत्मदाहको प्रयास गर्ने क्षेत्रीलाई बचाउन जाने संगीताको अवस्था गम्भीर रहेको छ । उहाँको ८५ प्रतिशत शरीर जलेकोले अवस्था चिन्ताजनक रहेको गण्डकी अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफैंलाई आगो लगाउने पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’
घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्