विश्व समाचार

वाशिङटन डिसीमा विमान र हेलिकप्टर ठोक्कियो

संयुक्तराज्य अमेरिकाको संघीय राजधानी वाशिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थल नजिक यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएको छ ।

६० जना यात्रु सवार अमेरिकी इगल एयरलाइन्सको एक विमान अवतरणको तयारी गर्दा स्थानीय समयअनुसार बुधबार राति अमेरिकी सेनाका तीनजना सवार हेलिकोप्टरसंग ठोक्किएर दुर्घटना भएको हो ।

विमान र हेलिकोप्टर आकाशमै ठोक्किएर नजिकैको नदीमाथि विमान र हेलिकोप्टर विष्फोट भएको भिडियो सार्वजनिक भएको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।

६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त हेलिकोप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हो र त्यसमा तीन जना थिए । यात्रुको नजिकैको नदीमा खोजी भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.