शनिबार महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरका क्षेत्रमा विद्युन अबरुद्ध हुने

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै चक्रपथ विस्तारका क्रममा रुख काट्नुपर्ने भएकाले शनिबार काठमाडौको केही स्थानमा भोलि दिनभर बत्ती नहुने जनाएको छ ।
प्राधिकरणको सूचनामा नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नेे भएकाले महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको जनाएको छ ।
रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ । उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ- “महाराजगंज वितरण केन्द्रकाे धापासी फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।१०।१८ गते विहान ७ बजेबाट ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वसुन्धारा सामाखुशी चाेक रानीबारी गाेंगबु चाेक टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”
प्रतिक्रिया राख्नुहोस्