एन आर एन न्युज

एनआरएनए यूकेको निशुल्क स्वास्थ्य शिविर

हरेक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर गरेको छ ।

एनआरएनए यूके स्वास्थ्य विभागका संयोजक डा. विशाल गुरुङको संयोजनमा भएको उक्त शिविरबाट करिब ४ दर्जन वयोवृद्ध लाभान्वित भएको एनआरएनए युकेका उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङ्बाङले जानकारी दिनुभएको छ ।

चिकित्सक र नर्सहरुले वृद्धवृद्धाको ब्लड प्रेसर, हाइट वेट, ब्लड सुगर आदि जाँच गरे भने न्यूट्रिसनिष्टबाट खानपिनबारे जानकारी दिइएको थियो । परीक्षणका क्रममा अत्यधिक ब्लडप्रेसर भएका बिरामीलाई अस्पतालको इमर्जेन्सीमा कल गरेर उपचार प्रवन्ध गरिएको थियो ।

शिविरमा डा. विवेक गुरुङ, डा. विशाल गुरुङ, कम्युनिटी साइक्याट्रिस्ट नर्स सुष्मा गुरुङ, न्यूट्रिसनिष्ट धिरज घले, सब्सटयान्स मिसयूज वर्कर मनोविज्ञ सोइङ्ना चोङबाङ, सुजन राई, सल्लाहकार विश्व गुरुङ, युवा संयोजक अनिल मल्ल, ले स्वयंसेवी भूमिका निर्वाह गर्नुभएको थियो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शिविर सञ्चालन गर्ने संयोजक तथा स्वयंसेवकहरुप्रति आभार व्यक्त गर्दै आगामी महिना हुने अर्को शिविरमा सहभागिताका लागि पनि आग्रह गर्नुभएको छ ।

यसैबीच, एनआरएनए यूकेले स्थानीय संघसंस्थाको संयोजनमा नेपालको स्याङ्जा जिल्लामा आउँदो फेब्रुअरी १६ देखि २० सम्म आँखा शिविर गर्ने तयारी गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.