जन सरोकार
कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइ प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्