रास्वपाको बिरोधकाबीच संसद बैठक कार्यसूचीमा प्रवेश
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अबरोधका कारण आधा घण्टाभन्दा बढी समय रोकिएको बैठक बिरोधकाबीच कार्यसूचीमा प्रवेश गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गर्नुभयो । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
यसलगत्तै रास्वपाका सांसदहरुले आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दै संसदमा बिरोध प्रदर्शन गरेकका थिए । बिरोधकाबीच सभामुखले कार्यतालिका अघि बढाउनुभएको थियो ।
बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।
अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्