जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम, आठराई गाउँपालिका- ७ थाङखुवा बस्ने ५१ वर्षीय भोलानाथ ढकाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्