जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बर्दिया, दाङ, कञ्चनपुर, लमजुङ र बाँकेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा कञ्चनपुर झलारीबाट दाङ तुल्सीपुरतर्फ जाँदै गरेको ना.७ ख ४१२ नम्बरको बसको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका-१ खैरेनी बस्ने ६९ वर्षीय मान बहादुर चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, लमही नगरपालिका-७ स्थित सडकमा सतबरियाबाट लमहीतर्फ जाँदै गरेको लु.३ च ३०९० नम्बरको पिकअप गाडीको ठक्करबाट बबई गाउँपालिका-३ पुरन्धारा बस्ने ४५ वर्षीया फुलबारी चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका २ जना मध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म.३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता लमजुङ, दोर्दी गाउँपालिका-६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवास्थित सडकमा भे.१२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.