उद्धारमा नेपाल सरकार उदासिन भएको भन्दै विद्यार्थीहरु आक्रोशित- चीन भन्छ- वुहानमा रहेका नेपालीहरुको जीवनरक्षाको ग्यारेन्टी छ
चीनले वुहाना रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ । वुहानमा चारसय जति नेपाली विद्यार्थी रहेको अनुमान छ ।
शनिबार नेपालस्थित चिनियाँ दूतावासले एक प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरएको छ कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।
उता वुहानमा रहेका नेपाली विद्याथीहरुले भने अन्य देशका नागरिध धमाधम आफ्नो घर फर्कदा नेपाल सरकारले त्यतातिर कुनै चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्न थालेको छ ।
एक नेपाली विद्यार्थी ले ट्वीट गर्दै भनेका छन् “आफ्नै अगाडि अन्य दशेको साथीहरु वुहानबाट आफ्नो देश फर्किदा मनमा खुलदुली, के हाम्रो देश नेपालको क्षमता छैन यहाँबाट उद्धार गर्न ?”
प्रतिक्रिया राख्नुहोस्