जापान

आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटो सहमत

आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटोबीचको सहमति भएको छ । जापानी प्रधानमन्त्री किशिदा फुमियो र नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गबीच टोकियोमा भएको भेटवार्तामा आपसी सम्बन्धलाई नयाँ उचाइमा लैजाने सहमत भएको हो ।

जापान र नेटो

भेटमा जापानी प्रधानमन्त्री र नेटो प्रमुखले युक्रेनमा रुसी आक्रमण र चीनको बढ्दो प्रतिस्पर्धाले विश्वलाई अझ खतरनाक बनाएको बताउनुभयो । स्टोल्टेनबर्गसँगको वार्तापछि किशिदाले जापानले नेटोमा आफ्नो स्वतन्त्र कार्यालय स्थापना गर्नसक्ने पनि बताउनुभयो ।

त्यस्तै उहाँले जापानले नेटो बैठकमा नियमित रुपमा सहभागी हुन चाहेको पनि बताउनुभयो । इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति कायम गर्न जापान र नाटोको घनिष्ट सहयोग चाँडै नै महत्वपूर्ण सावित हुन सक्ने स्टोल्टनबर्गले बताउनुभयो ।

उहाँले भन्नुभयो, यदि राष्ट्रपति पुटिनले युक्रेन युद्ध जित्छन् भने यसले विश्वलाई सन्देश दिनेछ कि तानाशाही सरकारहरूले बल प्रयोग गरेर आफ्नो लक्ष्य हासिल गर्न सक्छन् । यो खतरनाक छ । चीनले नजिकबाट हेरिरहेको छ र पाठ लिइरहेको छ, जसले भविष्यका निर्णयहरूलाई असर गर्न सक्छ ।ु

यस्तै स्टोल्टनबर्गले उत्तर कोरियाबाट बढ्दो सैन्य चुनौतीप्रति आफू चिन्तित रहेको पनि बताउनुभयो । जापान र नेटोले साइबर र अन्तरिक्ष सुरक्षामा खतरा र गलत सूचना विरुद्ध लड्न सहयोग गर्ने वाचा गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.