क्रिकेटखेल

प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने जनाएको छ । फेब्रुअरीमा मोन्टी देशाइको सम्झौता सकिएसँगै क्यानले सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाउनु भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

उहासँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता भएको थियो । त्यस्तै प्रवक्ता लामाले नयाँ प्रशिक्षकका लागि क्यानले चाँडैनै प्रक्रिया सुरु गर्ने बताउनुभयो । दुई वर्षे कार्यकालमा मोन्टीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुभएको थियो ।

मोन्टीको कार्यकालमा नेपालले अन्तिम समयमा सनसनिपूर्ण रुपमा १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता जोगाएको थियो भने विश्व कपको छनोट पहिलो पटक एसिया कप र दोस्रो पटक टी–२० विश्व कप समेत खेलेको थियो ।

मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.