प्रबास

क्यान्सर पीडित नेम्बाङको उपचारका लागि सहयोग रकम हस्तान्त्रण

क्यान्सरबाट पीडित पाँचथर जिल्ला फाल्गुनन्द ३ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस फाल्गुनन्द गाउँकार्यसमितिका सभापति सुखवीर नेम्वाङको उपचारका लागि अमेरिकामा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेम्वाङको उपचारका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङको विशेष पहलमा संकलन गरिएको ६ लाख ७१ हजार एकसय ८३ रूपैया ४० पैसा माघ १९ गते शनिबार हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद रामहरी खतिवडाद्वारा क्यान्सर पीडितकी श्रीमती मैयादेवी श्रेष्ठलाई हस्तान्त्रण गर्नुभएको हो ।

नेम्वाङ केही महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएको छ । संकलित रकम अस्पतालमा नै पुगेर खतिवडाले हस्तान्त्रण गर्नुभएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्वाङले पीडितको उपचारका लागि अमेरिकामा बस्ने नेपालीहरुमाझ एक अभियान संचालन गरी उक्त राहत रकम संकलन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.