एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा बिहीबार स्वर्ण जितेका छन् ।
![kapur](https://www.nepaljapan.com/wp-content/uploads/2023/02/kapur-e1675387643123.jpg)
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।
विभिन्न सात स्पर्धा समावेश प्रतियोगितामा चार स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोबल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लब तथा भेट्रान ४० वर्षमाथि महिला सिङ्गल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबका इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष–महिला सिङ्गल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्सको फाइनल हुन बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्