जन सरोकार

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन परिवारको माग

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब रु नौ लाख खर्चेर रुस जानुभएको परिवारले जनाएको छ ।

केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र हाल सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर निराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गर्नुभयो ।

रुसी सेनामा भर्ती भएर पनि नेपाल आउनुभएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.