राजनीति

रास्वपाको दवाव अभियान, पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने

रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि माघ २१ गते आइतबारदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु गर्नेभएको छ ।

चैत २१ गतेसम्म चल्ने राष्ट्रव्यापी दबाब अभियानको सुरुवात रास्वपाका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु गर्नुहुनेछ । त्यस्तै मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुनेछ ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.