राजनीति

बालबालिकालाई राम्रो शिक्षा दिए मात्र योग्य नागरिक बनाउन सकिने : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले श्रीपञ्चमीको अवसरमा शुभकामना दिनुहुँदै बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ । बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो” ।

सामाजिक सञ्जाल एक्समार्फत उहाँले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.