जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सुनसरी, कोशी गाउँपालिका-१ बस्ने श्रवण यादवको घरमा शुक्रबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै गोरखा, सिरानचोक गाउँपालिका-२ पाटेश्वारा बस्ने यम बहादुर गुरूङको घरमा शुक्रबार साँझ आगालागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यता काठमाडौं, दक्षिणकाली नगरपालिका-८ छैमले ढुङ्गेल बस्तीस्थित रमेश आचार्यको घर नजिकै रहेको टहरामा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर करिब ९ लाख ४४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै मकवानपुर, थाहा नगरपालिका-६ ओखरगाउँ बगर बस्ने केदार सिन्तानको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.