अर्थ
एक हजार नौ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु ३५ बढेर एक हजार नौ सय ३० मा कारोबार भइरहेको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ९५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्