जापान

नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले सामूहिक बेल विवाह र ब्रतबन्ध आयोजना गर्दै

जापानमा सक्रिय नेवाःहको संस्था नेवाः अन्तर्राष्ट्रिय फोरमको जापान शाखाले टोकियोमा आउँदो मार्चमा सामूहिक सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ।

मार्च १ तारिख (शनिवार) नेपालबाट जापान आउने नेवाः गुरूका उपस्थितिमा पवित्र संस्कार सम्पन्न गराउन लागिएकाले सो कार्य गराउन चाहने महानुभावले समयमै सम्पर्क गर्न अनुरोध गरिएको छ ।

आफ्ना छोराछोरीको ब्रतबन्ध वा बेल विवाह गराउन चाहने जापानमा रहनुभएका नेवाः समुदायका अभिभावकहरूले संस्थाका पदाधिकारीहरूलाई सम्पर्क गरी नाम टिपाउनु पर्ने जनाइएको छ।

पुजाका लागि आवश्यक सामग्री आयोजक संस्थाले तयार गरिदिने र यो सबै नेपालबाट मगाउनुपर्ने भएकाले नाम टिपाउने अन्तिम मिति फेब्रुअरी २४ तोकिएको छ। पूजा समापनपछि नेवारी भोजको पनि व्यवस्था गरिनेछ ।

कार्यक्रममा सहभागी हुन चाहनेहरुले थप जानकारीका लागि मोबाइल नम्बर- ०८०-६५५५-६६६७ / ०८०-३२५९-६००२ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१ मा सम्पर्क गर्नुपर्नेछ ।

सन् २००३ मा जापानमा नेवाः समुदायको बसोबास बढ्दै गएकाले नेवाः कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले यो संस्था स्थापना गरिएको हो।

संस्थाका कार्यक्रमहरूमा गैरनेवाः तथा जापानी समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ। वार्षिक रूपमा म्हस् पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएको संस्थाका नवनिर्वाचित अध्यक्ष रूपेश डंगोलले बताउनुभएको छ ।

नेवारी परम्पराअनुसार छोरीहरूको पहिलो विवाह बेल सँग गरिन्छ, त्यसैले यसलाई बेल विवाह (ईही) भनिन्छ। यस वर्ष चौथो पटक सामूहिक बेल विवाह गरिने भएको छ।

त्यस्तै, विवाहभन्दा अगाडि छोराहरूको ब्रतबन्ध (केयता पूजा) गर्ने चलन रहेको छ, जसलाई दोस्रो पटक आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.