क्रिकेटखेल

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : थाइल्यान्डले दियो नेपाललाई एक सय सात रनको लक्ष्य

त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गतको खेलमा थाइल्यान्डले नेपाल सामू जितको लागि एक सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ ।

महिला क्रिकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गमाउँदै एक सय छ रन बनायो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुआङ र थिपाचा पुथावोङ क्रमश:२७ र २५ रनमा अविजित रहे भने नान्नापत कोन्चारोएनकाई १९ रन बनाइन् । त्यस्तै अफिसरा सुवान्चोनरथीले १७ रन जोड्दा नट्टाया बुचाथमले १० रन बनाइन् ।

नेपालको लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् भने पुजा महतो र रचना चौधरीको भाग्न समान एक-एक विकेट रह्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.