रविबिरुद्ध चितवन जिल्ला अदालत सहकारी ठगीको मात्र मुद्दा दायर
राष्टिट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिरुद्ध सहकारी संस्थाको रकम अपचलनसम्बन्धी आरोपमा चौथो जिल्लामा मुद्दा दायर भएको छ । मंगलबार चितवनको सहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दायर भएको हो ।
यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरिएको थियो । तीनवटा जिल्लामा मुद्दा विचाराधीन रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने तीन जिल्लाबाटै धरौटीमा रिहा हुनुभएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले रविविरुद्ध सहकारीको रकम ठगी गरेको अभियोगमा मात्र मुद्दा दर्ता गराएको सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदीले जानकारी दिनुभयो ।
त्यसै गरी चितवन जिल्ला अदालतका प्रवक्ता अमृत विश्वकर्माले लामिछानेविरुद्ध सहकारी संस्थाको रकम ठगीको अभियोगमा मात्र मुद्दा दर्ता भएको छ। यसअघि ठगी गरेको आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएकोमा अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको छ।
सूचना अधिकारी विश्वकर्माले पूरक अभियोगपत्रमा सङ्गठित अपराधमा समेत गरी अभियोग लगाइएकोमा कुल ३२ जनामध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध दुवै कसुरमा दर्ता भएको र रवि लामिछानेको हकमा सहकारी संस्थाको रकम ठगी गरेको मात्र अभियोग लगाइएको जानकारी दिनुभयो ।
यसअघि कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको थियो । ती मुद्दा विचाराधीन रहेको र लामिछाने तीन अदालतमा सवा दुई करोड रुपैयाँ हालसम्म धरौटी बुझाएर रिहा हुनुभएको छ ।
सबैभन्दा पहिला कास्की जिल्ला अदालतले गत पुस २५ गते उहाँलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो भने काठमाडां । जिल्ला अदालतले माघ २ गते ६० लाख र रूपन्देही जिल्ला अदालतले माघ १३ गते एक करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्