“जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु सैह्य हुँदैन” : पूर्व राजा
![Gyanendra](https://www.nepaljapan.com/wp-content/uploads/2018/02/Gyanendra.jpg)
पूर्व राजा ज्ञानेन्द्र शाहले बिहिबारको आाम हड्तालपछि कडा प्रतिक्रिया जनाउनुभएको छ । बिहिबार विहान ट्वीट गर्दै उहाँले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौधौ पर्न जाने बताउनुभएको छ ।
सत्ता र शक्ति संघर्षका कारण विभाजित हुन पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले हिजो बिहिबार आव्हान गरेको आम हडतालका कारण देशभरको जनजीवन प्रभावित बन्यो दर्जनौं सवारी साधन तोडफोड भएको थियो ।
बन्दको चौतर्फी आलोचना भैरहेको छ । बन्द आव्हानकर्ताहरुले तेस्रो जनआन्दोलनको सुरुवात भएको र जनताले आफूहरुलाई साथ दिएको दावी गरिरहँदा पूर्व राजाले कडा प्रतिक्रिया जनाउँदै भन्नुभएको छ– “सत्ताको खेल जनताको मन जितेर खेलिन पर्दछ न कि बन्द, हड्ताल वा जनबिरोधी क्रियाकलापले । जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।”
बिहिबारको हड्तालका क्रममा प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरीले बताएको छ । त्यस्तै एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्