राजनीति

ओलीको प्रश्न- रविको सांसद पद खोसेर कसले न्याय पायो ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खोसेर कसले न्याय पायो भन्ने प्रश्न गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले एउटा असम्बिन्धत व्यक्तिको उजुरीका आधारमा नागरिकता खारेज गरेकोप्रति असन्तुष्टि जनाउँदै रवि लामिछानेको नागरिकताले कसलाई अन्याय परेको रहेछ भन्ने प्रश्न समेत गर्नुभएको छ ।

जनताबाट अत्यधिक मतकाा साथ विजयी जनप्रतिनिधिलाई कसैको कुनै हानी नोक्सानी नगरेको अवस्थामा पुरानो नागरिकता देखाएर मुद्दा हाल्नु र त्यसमा फैसला सदर गर्नु अघि विदेशिएका नेपालीहरुको नागरिकताका विषयमा सोच्नुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारका उपप्रधान तथा गृहमन्त्रीको हकमा जे भयो त्यस्तो अवस्था आउन नदिन नागरिकता ऐन स्पष्ट हुनुपर्ने र गैरआवासीय नेपालीहरुको नागरिकताको अधिकारका लागि कानुन बन्नुपर्ने पनि बताउनुभयो ।

उहाँले गैरआवासीय नेपालीहरुको मताधिकारको कुरा गर्ने तर विदेशको नागरिकता त्यागेर पुनः नेपालमै आएर निर्वाचन जितेका व्यक्तिको नागरिकता अवैध भनेर फैसला गर्ने कुरा बाझिएको पनि बताउनुभयो ।

जसले रविको नागरिकताको विषयलाई लिएर मुद्दा हाल्यो उसले के पायो मलाई थाहा छैन तर यसले धेरै गम्भीर प्रश्नहरु उठाएको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.