जापान
साप्पोरो हिउँ महोत्सव सुरु
जापानको उत्तरी प्रान्त होक्काइडोमा अवस्थित साप्पोरो सहरको प्रसिद्ध हिउँ महोत्सव शनिबारदेखि सुरु भएको छ, जसलाई हेर्नको लागि ठूलो भीड लागेको छ ।
हिउँ महोत्सवमा १० मिटरभन्दा अग्लो हिउँका ५ वटा विशाल मूर्ति बनाइएको छ । मुर्तीहरुले व्यावसायिक बेसबल टोली, होक्काइडो निप्पोन-ह्याम फाइटरहरू र टोली प्रबन्धक शिन्जो सुयोशीको नयाँ स्टेडियमको चित्रण गरेको छ ।
त्यस्तै एउटा मूर्ति दौड घोडा जातको घोडाको हो, किनकि होक्काइडो प्रान्त उक्त घोडाहरुको प्रजनन स्थल भएको मानिन्छ । महोत्सवमा करिब एक सय हिउँका मूर्ति बनाइएको छ ।
अमेरिकाबाट आएका एक व्यक्तिले यो जापानको सबैभन्दा ठूलो हिउँ महोत्सव हो भन्ने सुनेकाले आफू आएको बताए । उनले हिउँका मूर्तिहरूलाई “अद्भुत” भनेर वर्णन गरे । हिउँ महोत्सव ११ फेब्रुअरी सम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्