कला/मनोरन्जन
‘मिसेस ब्यूटी क्वीन’को उपाधि वर्षा कुँवरलाई
‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल’ सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ ।
सिजन मिडियाले मङ्गबार साँझ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयो भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा हुनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्