अर्थ
दुई हजार दुई सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु दुई हजार दुई सयले बढेर रु एक लाख ६६ हजार ९०० कायम भएको छ । मंगलबार सुन तोलामा एक लाख ६४ हजार सात सयमामा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु ४५ बढेर एक हजार नौ सय ७५ मा कारोबार भइरहेको छ । मंगलबार सोही परिमाणको चाँदी रु एक हजार नौ सय ३५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्