जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाल्पा, रामपुर नगरपालिका-३ चनौली घर भई बगनासकाली गाउँपालिका-२ पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यवंशी सोही ठाउँस्थित खर्‍यानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-४ पत्राङबारी बस्ने ३२ वर्षीय तिर्थ बहादुर विश्वकर्मा सोही उपमहानगरपालिका-४ कोप्चेमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-३ भुजेल डाँडास्थित खाजा घरको बाहिर राखेको बेन्चमा मोरङ सुन्दरहरैंचा नगरपालिका-५ बस्ने ७० वर्षीय मोहन बहादुर राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.