राजनीति

चितवन जिल्ला अदालतले रविलाई पठाइयो हिरासत

चितवन जिल्ला अदालतले सहकारी ठगीको मुद्दामा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ।

रवि लामिछाने

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि साहारा बचत सहकारी ठगीको मुद्दा दर्ताँ गरेको थियो । सोही मुद्दाको थुनछेक बहस नसकिएपछि प्रहरी हिरासत पठाइएको हो ।

जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभो।

लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ।

लामिछानेमाथि सहकारी ठगीको मात्र मुद्दा दर्ता गरेपछि महान्यायाधिवक्ताको कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको थियो ।

लुइँटेलले सरकारले चाहेभन्दा विपरीतको मुद्दा दर्ता गरेपछि नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

चितवनमा दायर मुद्दाले अन्यत्रको पनि प्रभावित हुनसक्छ ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.