राजनीति

ललितानिवास प्रकरणमा डा. बाबुरामको प्रश्न- मन्त्री दोषी प्रधानमन्त्री किन निर्दोष ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा ललिता निवास अनियमितताका सम्बन्धमा पूर्व मन्त्रीहरुसहित पूर्व उच्च सरकारी अधिकारीसहित १ सय ७५ जना बिरुद्ध अर्बौं रुपैयाँ बराबरको विगोसहित भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री दोषी तर प्रधानमन्त्री किन निर्दोष देखिए भन्दै प्रश्न उठाउनुभएको छ ।

बिहिबार ट्वीट गर्दै डा. भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिंदा असहजता महसुस गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ- “मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ।”

मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग छ तर प्रथम दृष्टिय यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ, हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.