अर्थ

छ महिनामा वैदेशिक रोजगारीबाट भित्रियो सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ

नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरुले चालू आर्थिक वर्षको ६ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड नेपाल पठाएका छन् । यो गत वर्षको तुलनामा बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो भने चालू आ.व.को पुस महिनासम्ममा २५ दशमलव तीन प्रतिशतले बढेको छ । बैंकका अनुसार गत पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

यसै गरी यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.