प्रबास

युक्रेनमा बन्दी दुई नेपाली मुक्त, शुक्रबार स्वदेश फर्कदै

विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुईजना नेपालीको उद्धार उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा उनीहरुको सकुशल उद्धार भएको हो ।

दलालको प्रलोभनमा परेर भारतको राजधानी नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।

उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडेपछि गैरआवासीय नेपाली संघको सहयोगमा टर्किसस एयरलाइन्सको जहाजबाट माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौँ आउने भएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले न्दी रहेका युवाहरुउद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उद्धारका लागि गैरआवासीय नेपाली संघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सचिवालयका कर्मचारी र सम्वद्ध सबैलाई उहाँले आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.