राजनीति

रविबिरुद्ध बहस गर्न तीन जिल्लाका सरकारी वकिल चितवनमा

चितवनको साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न महान्यायाधिवक्ताको कार्यालयले छिमेकी जिल्लाबाट सरकारी वकिलहरू झिकाइएको छ ।

लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।

रविबिरुद्ध चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गर्नुभएको थियो भने बिहिबारका लागि तीन छिमेकी जिल्लाबाट सरकारी वकिल झिकाइएको हो ।

चितवन आएका तीनै जना सरकारी वकिलले लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आउनुभएको हो ।

सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ । सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् ।

यस्तै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् ।

जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । लामिछानको तर्फबाट ११ जनाले बहस गर्दैछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.