वुहानमा रहेका नेपाली विद्यार्थीको उद्धारपछि राख्ने संरचना तयार छैन
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुले उद्धारका लागि बेइजिङस्थित नेपाली दूताबासमा नेपाल फर्कन फारम भरेको लामो समयसम्म फिर्ता नगरेपछि आक्रोशित भएका अभिभावकहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गृहमन्त्री रामबहादसर थापासंग भेट गरेका छन् ।
भेटमा उनीहरुले आफ्ना छोराछोरीलाई कहिले उद्धार गर्ने मिति तोक्न आग्रह गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गर्नुभयो । मन्त्री ज्ञवालीका अनुसार वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि अहिले नेपालमा डब्लूएचओको मापदण्डअनुसार संरचना तयार भएको छैन ।
ब्लूएचओको मापदण्डअनुसार उनीहरुलाई राख्ने क्वारेन्टाइन मात्र भएर नहुने, आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने भन्दै मन्त्री ज्ञवालीले डब्लूएचओको मापदण्ड पूरा गर्न काम गरिरहेको छौं । वुहानमा रहेका नेपालीहरुको दुःखबारे सरकार गम्भीर रहेको र प्रधानमन्त्रीले समेत चार पटक बैठक राखेको भन्दै केही समय दिन आग्रह गर्नुभएको थियो ।
वुहानमा रहेका १८० जनाले उद्दार गरिदिन वेइजिङस्थित नेपाली दूतावासमा आग्रह गरेका छन् । उनीहरुलाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर चीनमा कोरोनो संक्रमण फैलिरहेको खबर सुनेर कोठामा एक्लै बस्नु त्रासमा छन् । उनीहरुले आफूहरुलाई छिटो उद्धार गर्ने वातावरण बनाइदिन हारगुहार गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्