जन सरोकारस्वास्थ्य

आफैं आमाको सहारा खोज्ने उमेरमा आमा बन्दै

नेपालको कानुनले विवाह गर्न लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम रोकिएको छैन ।

दुर्गम पहाडी जिल्लाहरुमा मात्र होइन कि शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा पनि उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ ।

कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्य गरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएर गएको छ महिनामा छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका छन् ।

उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट दुई सय १२ जनाले बच्चा जन्माएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट चार सय २३ र घरमा नौ जनाले बच्चा जन्माएका हुन् ।

ढकालका अनुसार चालु आर्थिक वर्षमा सात हजार एक सय १९ आमाले बच्चा जन्माएको भए पनि छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका हुन् ।

स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार आठपटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरूमा पाँच सय २९ रहेको कार्यालयलको तथ्याङ्कले देखाएको छ ।

पहिलो हप्तामा एक हजार एक सय ७६, १२ हप्तामा आठ सय ११ र २६ हप्तासम्म परीक्षण गर्ने नौ सय ३८ गर्भवती आमा स्वास्थ्य परीक्षणका लागि आएका जनाइएको छ ।

ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन । समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरी जिल्लाको पहाडी क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।” विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.