सूचना/प्रविधि

वैज्ञानिक उत्पादनको लक्ष्यमा अरुणोदय मा.वि. (फोटोहरुसहित)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीहरुमा रहेको वैज्ञानिक क्षमता उजागर गर्ने लक्ष्यका साथ तेस्रो संस्करणको विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।

बुधबार माघ २४ गते विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले गरेका नवीनतम सिर्जनाहरुलाई विद्यालय प्रांगणमा प्रदर्शनीमा राखिएको थियो ।

काठमाडौं क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रदर्शनीमा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालको विशेष आतिथ्यता रहेको थियो ।

प्रदर्शनी उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापा, सदस्यहरु लक्ष्मी गुरुङ, उमेश चालिसे लगायतको उपस्थिति थियो ।

विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको विज्ञान प्रदर्शनीमा सहभागी छात्रछात्राहरुको सिर्जना रुचीपूर्वक अवलोकन गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक नरबहादुर गुुरुङले छात्रछात्राहरुमा नवीन आविस्कारको प्रचूर क्षमता रहेको र यसका लाग उनीहरुको प्रतिभा उजागर गर्दै अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

प्रधानाध्यापक गुुरुङले विद्यार्थीहरुको क्षमता विकासका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई एकसाथ अघि बढाएको र यसका लागि आवश्यक प्रयोगशाला विद्यालयमा रहेको जानकारी दिनुभयो ।

उहाँले हाल विद्यालयमा पाँचवटा प्रयोगशाला रहेको र एउटा निर्माण भैरहेको जनाउँदै आविस्कारका क्षेत्रमा सोचेजस्तो उपलब्धिका लागि आवश्यक स्रोतको भने अझै अभाव रहेको बताउनुभयो ।

कक्षा ८ देखिनै इञ्जिनियरिङ पढाई हुँदैआएको अरुणोदय मा.वि.का विद्यार्थीहरुले युनिग्लोब कलेज, वाईएसएस र नेपाल पोलिमार इस्न्टिच्यूटद्वारा आयोजित आठौं युवा वैज्ञानिक सम्मेलन २०२४ मा भौतिक विज्ञान र गणित विधामा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.