गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन् : अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताउनुभएको छ ।
बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको बिहीबार भक्तपुरमा उद्घाटन गर्दै उहाँले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताउनुभएको हो ।
प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ, प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिकस्तर मापन गर्नुपर्छ ।” उहाँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुन थालेको बतउनुभयो । यसलाई रोक्न राज्यले निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्